माओवादी केन्द्रको तराई मधेस जागरण अभियान तत्कालका लागि स्थगित
काठमाडाैं | फागुन २४, २०८१
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले तत्कालका लागि ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ स्थगित गरिएको जनाएको छ ।
मुलुकको राजनीतिक परिस्थिति र अभियानबारे छलफल गरी थप कार्यक्रम तय गर्ने उद्देश्यका साथ अभियान तत्कालका लागि स्थगित गरिएको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
“सदनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता बोध गरी, महँगी, जनजीविका, राष्ट्र राष्ट्रियता, महत्वपूर्ण कानुन निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकतालाई ख्याल गरेर तत्कालका लागि अभियान स्थगित गरिएको छ”, उहाँले भन्नुभयो,“आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा केन्द्रित हुनुपर्ने र तराई मधेस क्षेत्रमा होली, रमजानलगायत सांस्कृतिक पर्वसमेत परेकाले अभियानलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।” प्रवक्ता सापकोटाले आगामी चैत महिनाको सुरुआतदेखि पुनःअभियान सञ्चालन गरिने बताउनुभयो ।
झापाबाट सुरु भएको अभियान आज रौटहत पुगेर स्थगन भएको हो । अभियान स्थगित भएसँगै माओवादी केन्द्रले आइतबार पदाधिकारी बैठक बोलाएको छ ।
अभियानअन्तर्गत आज रौतहत केन्द्रीत कार्यक्रम आयोजना गरिएको थियो । पार्टीले आइतबार पर्सा र सोमबार चितवनमा अभियानअन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने जनाएको थियो ।
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

